suekhet
bheriad

प्रधानमन्त्री अमेरिका प्रस्थान ,,

lekabesi

असोज ६ , काठमान्डौ – प्रधानमन्त्री केपो ओली अमेरिका प्रस्थान गरेका छन् ।ओलीले त्रिभुवनविमानस्थल बाट बाहिरिदा हात हल्लाउदै मन्द मुस्कुराएका थिय ।ओली करिब १३ दिन अमेरिकामा रहने छन् । ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका उडेका हुन्।

ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका उडेका हुन् । ओलीको साथमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारी छन् ।संयुक्त राष्ट्रसंघको महासभा मंगलबारबाट सुरु भए पनि उच्चस्तरीय छलफल भने मंगलबारबाट हुँदै छ।

प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ।सम्बोधन गर्नुअघि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मुख्य विषय रहेको सम्मेलनमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थासहित सरकारले गर्दै आएका कार्य र अन्तर्राष्ट्रिय प्रतिवद्धताबारेमा प्रकाश पार्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेल्सन मन्डेला शान्ति शिखर बैठकको उच्चस्तरीय पूर्ण बैठकलाई पनि सम्बोधन गर्ने तय भएको छ । ओलीले सोमबार शान्ति शिखर वार्तालाई सम्बोधन गर्ने र लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली ट्रम्पसँग एकदेखि दुई मिनेट संक्षिप्त कुराकानी गर्न पाउने छन्।

राष्ट्रसंघ महासभामा सहभागी हुन आउने प्रतिनिधिमण्डल प्रमुखका दम्पतीका लागि उक्त सम्मान समारोह अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने प्रचलन छ। प्रधानमन्त्रीले स्विजरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेट र कम्बोडियाका प्रधानमन्त्री समेच उर्फ मोह सेना पाडी तेच हान सेनसँग भेट गर्नेछन्। उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस आलभाद्रोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। ओलीले कोस्टारिकास्थित राष्ट्रसंघीय शान्ति विश्वविद्यालयमा सम्बोधन पनि गर्ने छन्।१३ दिनपछि प्रधानमन्त्री ओली नेपाल गर्किने कार्यक्रम छ।