आफ्नो बक्षस्थल दान गर्ने राखीको चाहना ,,
असोज ८ ,मुम्बई – बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण उनले आफ्नो बक्षस्थल दान गर्ने घोसना गरेकी छिन । राखी सावन्त प्राय विवादमा पर्ने गर्छिन विवादस्पद बयानले उनलाई प्रहरी चौकीसम्म पुर्याउने गरेको छ । उनै, राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् ।
उनले भिडियो सन्देशमा भनेकी छिन्-‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु । राखीले अगाडि भनेकी छिन्,मलाई थाहा छैन,मेरो यो आकर्षक बक्षस्थल कसलाई चाहिएको छ । यो लेखमा उनलाई विभिन्न सकारात्मक र नकारात्मक टिप्पणी आएका छन् ।