विद्यादेवी भण्डारी पुगिन ईन्द्रजात्राको अवोलाकन गर्न ,,

असोज ८ , काठमान्डौ – आज काठमान्डौको विभिन्न ठाँउमा ईन्द्रजात्रा मनाईएको छ वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाईनछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकास्थित गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी छन् । त्यस अवसरमा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु पनि इन्द्र जात्रा समारोहमा सहभागी भएका थिए । इन्द्रजात्राको अवलोकन गर्नुअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ पनि गरेकी थिइन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । शुक्रबारबाट सुरु भएको काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन आज (सोमबार) कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । यसै दिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्राको अवलोकन गर्ने परम्परा रही आएको छ ।