साजन राईको नाचघरमा एकल साँझ हुने ,,

असोज,९ काठमाडौं – गायक साजन राईले काठमान्डौमा पत्रकार सम्मेलन गरि आफ्नो पाँचौँ एकल साँझ गार्मे जानकारी गरेका छन् । कार्यक्रम २४ असोजमा राष्ट्रिय नाचघरमा हुँदैछ । दशैं र तिहारको अवसरमा गणेश रसिक फाउन्डेसन र समृद्धिका लागि लागि सांस्कृतिक अभियानले संयुक्त रुपमा सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेका हुन् ।
फाउन्डेसनका अध्यक्ष गणेश रसिकले एकल साँझ साजन राईलाई चिनाउन आयोजना गरिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘विराटनगरलाई कर्मथलो बनाउँदै आएका उनलाई यसपटक हामीले काठमाडौं ल्याएका छौं’, रसिकले भने, ‘यसको मुख्य उद्देश्य नै उहाँलाई राइज गराउनु हो । सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिइसकेका गायक राईको ‘सेक्रेट हार्ड, तराना, पर्खाई, कान्छी गरी पप/आधुनिक विधामा चारवटा सोलो एल्बम निस्किसकेको छ ।

तीन घन्टा चल्ने कार्यक्रममा उनलाई श्रेयसी चेम्जोङ र राधा राईले गायनमा सघाउँदै छन् । शीलाबहादुर मोक्तान, मनोहर सुनाम, दीपक थापा, रविन, अनुप दास, भरत बुढाथोकी, पोषण घर्तीमगर, रत्न विकलगायत १२ जनाको लाइभ म्युजिकमा साजनले गाउने छन् । कार्यक्रममा सर्वसाधारणका लागि प्रवेश निःशुल्क राखिएको छ ।

तर, केही टिकट भने ‘पुस सेल’ गरिने आयोजकले बताएको छ । एकल साँझमा गायक राईले ‘नेपाली नेपाली हामी नेपाली,’ ‘पूर्वको माया पश्चिमलाई,’ ‘दिन रात सानु,’ ‘तिमी गयौ र,’ ‘पैसा र बैस थाहा हुन्न कान्छी,’ ‘साइलो,’ ‘धुम तानाना,’ ‘तिमीले छमछम छमछम,’ ‘देश कहिले अन्तुमा काटिन्छ’लगायत झन्डै डेढ दर्जन हिट गीत गाउँदै छन् ।
