दसैँको टिकेट लिन १० प्रतिसतको लाईन ,,
असोज, ९ काठमाडौं -सरकार र यातायात व्यावसायिक संघ बीच १० प्रतिसत भाडा बढाउने सहमति भएलगतै दशैंका लागि अग्रिम टिकेट बुकिङ्ग खुलेको छ ।अग्रिम टिकट बुकिङ मंगलबारबाट खुलेको हो । मंगलबार बिहानैदेखि विभिन्न स्थानका टिकेट काउन्टरमा टिकेट लिने यात्रुको भिड लागेको छ लागेको छ । नयाँ बसपार्कका साथै गौशाला, कोटेश्वर, कलंकी, सुन्धारा लगायतका क्षेत्रमा रहेका टिकट काउन्टरबाट पनि टिकट लिन सकिन्छ ।
यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडी भाडा बढाउने सहमति जनाएपछि यातायात व्यवसायी महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । डिलक्स बसहरुले भने तोकिएको नयाँ भाडादरमा थप २० प्रतिशत लिन पाउने सहमति सरकारले गरेको छ । टिकेट काउन्टर नजिक यात्रु सहायता कक्ष पनि स्थापना गरिएको छ कुनै समस्या आय प्रहरीलाई जानकारी गर्न सकिने छ ।