१० रुपैयाँ दिएर बलात्कार प्रतिकारमा बालिकाको मृतु ,,

असोज ९ पोखरा – पोखराको पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विक हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । छिमेकी २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले बुधबार दिउसो सार्वजनिक गरेको हो । कुसुमले बालिका हत्या गरेको स्वीकारेका छन् ।प्रहरीले बताए अनुसार साँझ पौडेल मदिराले मातेर घर फर्कँदै गर्दा श्रीयालाई बाटैमा भेटेपछि ५ रुपैयाँ दिएर बलात्कार प्रयास गरेका थिए । श्रीयाले प्रतिकार गरिन् । पौडेलले श्रीयालाई १० रुपैयाँ दिएर फेरि बलात्कार प्रयास गरे ।बालिका चिच्याएपछि उनले आक्रमण गरेका थिए । नजिकैको झाडीमा फालिदिएपछि बेहोस हुँदा श्रीयाको मृत्यु भएको आशंकामा पौडेलले ढुंगाले थिचेको बताइएको छ ।

पैसा दिएर बलात्कार गर्न खोज्दा हत्या गरेको भन्दै प्रहरीले पौडेललाई बुधबार अपराह्न सार्वजनिक गरेको हो । दिनभर पोखरामा जिल्ला प्रशासन कार्यालय घेरा उगर्दै नारावाजी भएपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो।बुधबार बिहानै पक्राउ गरे पनि स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले अभियुक्त पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले अघिल्लो साँझ मादक पदार्थ सेवन गरी श्रीयाको हत्या गरेको प्रहरीले बताएको छ ।