surkhet

निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन निर्मला हत्या प्रकरण अब कता ?

surkhet

असोज,१४ कञ्चनपुर – लामो समयदेखि अनुसन्धान भैरहेको निर्मला पन्तको बलात्कार पछि हत्या अनुसन्धान अब कता जान्छ त्यो भने हेर्न बाँकीनै छ सरकारले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परिक्षन गरेको थियो ।परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन ।

कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले जानकारी दिए अनुसार ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन उनले भने ।एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो ।

Gorkha

कञ्चनपुर बासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेका थिए । तर, लामो समयसम्म उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएन । एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ ।छानविन समितिकै सिफारिसका आधारमा एसपी विष्टलाई निलम्बन गरिएको छ ।

Dailekh

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो ।साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

 

salyan