आफ्नै आमाको सलको पासो किन लागायका थिए यीयुवकले यस्तो छ रहस्य ,,

असोज,१५ काठमाडौं – आज भोलि राम्रो होस् या नराम्रो होस् सामाजिक सञ्जाल खुबै चर्चामा छ ।कसैले राम्रो काम गरेका छन्, भने कसैले नराम्रो ।यस्तै सामाजिक सञ्जाल फेसबुक लाइभ देखाउँदै चितवनका एक युवकले आत्महत्या गरेका छन् । कालिका नगरपालिका ,७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरेका हुन् ।

उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए ।उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो स्टाटसलाई गम्भीरताका साथ लिइएन ।

उनको त्यो पोष्टमा कुनै प्रतिक्रिया आएको थिएन ।मध्यराति १२ बजेको जनाउ दिँदै उनले उनले अर्को स्टाटस पोष्ट गरेका थिए ।त्यसपछि दुई वटा स्टाटस लेखेर उनी मदिरा पिउँदै लाइभमा आएका थिए । लाइभमा उनले आफू जिन्दगीबाट आजित भएको बताएका थिए ।उनले आमाको सलमा आफू झुण्डिन लागेको भन्दै सल समेत देखाएका थिए ।

आधा घण्टा लामो फेसबुक लाइभमा क्रममा थुप्रै भिजिटरहरु त्यहाँ जोडिएका थिए । प्रहरीले पोष्टमार्टमपछि थप अनुसन्धान थालिएको पनि बताएको छ । उनलाई लाईभमा तेस्तो नगर्न पनि सुझाब आएको थियो। कसैले नराम्रो प्रतिक्रिया पनि लेखेका छन् ।कतिपयले नेपाल प्रहरीको पेजलाई  मेन्सन पनि गरे ।तर उनले आफ्नो अडान छोडेनन ।अन्तमा आमाको सलको पासो लगायर आत्महत्या गरेरै छाडे।