बिना घले लाेप्चनले ल्याईन ‘मायाकाे रंग’

असोज १६ , काठमान्डौ – गायिका बिना घले लाेप्चनकाे नयाँ गीत `मायाकाे रंग´ सार्वजनिक भएको छ । जसमा गायिका बिना घले लाेप्चन र विशाल कल्तानकाे स्वर रहेकाे छ । बिश्वनाथ याेञ्जन तामाङकाे शब्द तथा विशाल कल्तानकाे संगीतमा रहेको यो गीतको भिडियोमा सागर घिसिङ र अनुस्का दाेङ तामाङले फिचरिङ गरेका छन् ।

गीतको भिडियोलाई सुर्य लामा र बिक्रम लामाले खिचेका हुन् । अजय स्याङताङको निर्देशनमा बनेको यो गीतको भिडियोलाई उनैले सम्पादन गरेका हुन् । गायिका बिना घले लाेप्चन र विशाल कल्तानकाे अवाजमा साजिएको यो गीतलाई दिपेस प्रधानले एरेञ्ज गरेका हुन् ।
