वर्तमान सरकार देखि जनता त्रसित प्रकाशमान सिंह ,,

असोज १६ , काठमान्डौ – वर्तमान सरकार देखि जनता त्रसित रहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थीरता दिन्छु भन्ने सरकारको स्थीरता यही हो त ? अहिलेको सरकारले जनताको आशा बमोजिम काम गर्न नसकेको पनि उनले बताए ।सरकारबाट बल्कि हत्या हिँसा , बलात्कार महंगी जस्ता कार्य दिनहु बडीरहेको भन्दै आलोचना गरेका छन्। तेस्तै अहिलेको सरकार जनयुद्द भन्दा पनि बढी त्रसित हुन पर्ने रहेको सिंहले बताए ।

जनयुद्दको बेलामा रेडियो ,टि भी , पत्रिकामा सुनिने गरेका क्रियाकलाप अहिलेको सरकार बाट सुन्न परेको भन्दै प्रकाशमानले आलोचना गरेका छन् ।अरु पार्टीले गफ धेरै गर्ला तर आखिरमा गर्नुपर्ने बेलामा त कांग्रेसले नै गर्छ,’ नेता सिंहले भने, ‘कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ । छटपटि सबैलाई भइरहेको छ । जनताले बरु कांग्रेस नै ठीक भन्न थालिसके। नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको उनले जानकारी दिए ।