कार्तिक ३० बाट गुनगुन ,,

असोज १६, काठमान्डौ – चलचित्र गुनगुनले प्रदर्शन मिति सार्वजानिक गर्दै पोस्टर रिलिज गरेको छ ।चलचित्र कार्तिक ३० गतेबाट प्रदर्शन हुने छ। पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देखाईएकोछ ।साथै प्रचार प्रसारपनि तीव्र पारिएको छ। चलचित्रको निर्देशन पुकार भट्टराईले गरेका हुन् ।पोस्टर हेर्दा चलचित्रको केहि भाव झल्किएको छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइटेल , रविन्ऽ प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको एक्सन, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ । पुराना कलाकार पुकारले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।