डोटीमा ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बृद्धा बलात्कृत ,,

असोज १६ ,डोटी – विश्वभर जेस्ठ नागरिक दिवस मनाई रहेको बेला डोटीमा ७४ वर्षे बृद्दा बलात्कृत भएकि छिन ।सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका ३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकि हुन् ।बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका,१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए । बलात्कारको अारोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रब बिष्टले जानकारी दिएका छन् ।
