Gold

प्रहरी हवल्दार ३० हजार घुससहित पक्राउ ,,

Naumule Migrate

असोज १६ काठमाडौं – सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नरूल अन्सारी ३० हजार घुससहित पक्राउ परेका छन्। हवल्दार नरूलले नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मलंगवा नगरपालिका-१० टावरचोकबाट मंगलबार पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको छ ।सरकारले दसैँ नजीकिएको भन्दै ठाऊ, ठाँउमा सुरक्षाकर्मी खटाएको छ ।

Naumule Badhipahiro