कक्षा ११ को नतिजा अन्तिम तयारिमा ,,

असोज १७ , काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने जानकारी गरेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ । उत्तरपुस्तिका परिक्षन गरिसकेर रुजु पनि भयो ।अब कम्पुटरमा राख्ने काम हुँदै छ ,शर्माले भने ।कुनै प्राविधिक समस्या आएन भने तीन दिन भित्रमा नतिजा प्रकाशन गर्र्छौ’, नियन्त्रक शर्माले भने ।

यो वर्षमा पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । ती मध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको बोर्डको भनाइ छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।विगतका वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुन लागेको शर्माको दाबी छ ।यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक हुनेछ ।