‘भद्रगोल’मा दिपक, दीपा र ‘माग्ने बुढाको प्रस्तुति ,,

असोज १८,काठमान्डौ – नेपाल टेलिभजनबाट प्रसारण हुँदै गरेको हास्य श्रंखला भद्रगोल सबैको प्यारो कार्यक्रम हो। यो कार्यक्रम केहि महिनाभने बन्द भएको थियो। भद्रगोल पुन सुचारु भयको छ। प्रतेक हप्ताको शुक्रबार यो कार्यक्रम नेपाल टेलिभिजनमा प्रसारण हुने गर्छ ।यसपटक भने दर्शकले अलि फरक प्रस्तुतिमा भद्रगोल हेर्न पाउने छन्। हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए ।

यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । तर, यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउनेछन्। साथमा माग्ने बुढा पनि देखिनेछन। यी तिन जना भने भद्रगोलमा सधैको लागि देखिन नभयर असोज २४ गते रिलिज हुन लागेको चलचित्र छक्का पन्जा ३ को प्रचार प्रसारको लागि सिरियल अभिनयमा सहभागी हुन लागेका हुन्। पहिलो पटक दिपक, दिपा ,केदारलाई भद्रगोलमा देखिदा दर्शकलाई यो नौलो स्वाद भने पक्कै हुने छ।