ट्रक र माइक्रो बस दुर्घटना ६ जनाको मृतु ,,

असोज २०, बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ । चार जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको एसपी अरुण नेपालले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान ९ः२० बजे राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए । मृतकको पहिचान भने खुल्न सकेको छैन ।