अब तिम्रो पालो रुने म मात्र कति रुने ,,

असोज २० , काठमाण्डौ – गायक शिव परियारको आँशुको अर्थ २ सार्वजानिक भएको छ ।पहिलो एल्बम आँशुको अर्थ बोलको गीतले निकै नै चर्चा पाएको थियो ।शुक्रबार चितवनको भरतपुरमा आयोजना गरिएको कार्यक्रममा यसको लिरिकल भिडियो सार्वजनिक गरियो । यो गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । यो गीतको भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेको जानकारी दिदै गीतकार अधिकारीले दशैं लगतै भिडियो बजारमा ल्याउने बताए । निकेश खड्काले भिडियो निर्देशन गरेका हुन् । गीतमा दिपक शर्माको संगीत छ ।

https://youtu.be/qITbBE2lpIU