दसैँ नजिकिदा प्रहरीको छापा ४ लाख बरामद २ जनाको मृतु ,,
असोज २० , काठमाण्डौ – चाड पर्व नजिकिदै गर्दा काठमान्डौ प्रहरीले छापा हानेको छ। तेस्तै मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तला माथिबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् । प्रहरी अप्रेशनका क्रममा हामफालेका दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिए अनुसार एक महिला सहित २३ जना पक्राउ परेका छन्, थप अनुसन्धान भईरहेको छ ।
प्रहरीले जुवाको खाल बाट ४ लाख ५८ हजार नगद साथमा कौडा बरामद गरेको छ १० बजे राति सदा पोसाकमा गएका प्रहरीले च्यानेल गेटमा लगाएको ताला खोल्न आग्रह गरेपनि नमाने पछि ताला फोरेर प्रहरी भित्र पसेका थिए प्रहरी आएको थाहा पाएपछि अँध्यारोमा अचानक हाम्फालेका सरोज घले र सोमलाल तामाङको शुक्रवार राति नै ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।लामो समयदेखी यसरी जुवा अखडा चल्दै आए पनि महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम राईले उक्त अखडालाई संरक्षण गरेको आरोप लाग्दै आएको थियो । राईको संरक्षणमा जुवा अखडा चलेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंबाटै खटिएको प्रहरी टोलीले उक्त जुवा अखडामा छापा मारेको हो । जुवाघरमा मदिरा सहितको खानेकुरा सित्तैमा सर्भ गरेर जुवा खेलाईंदै आएको बताईएको छ ।