बलात्कारविरुद्ध थाल बजाउदै नर्सहरु सडकमा ,,

असोज २२ , काठमान्डौ – युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो । सरकारले अहिले सम्म विभिन्न सञ्जाल बनाएर पनि निर्मला पन्तको हत्यारालाई सार्वजानिक गर्न सकेको छैन। उनि हरुले तत्काल निर्मला पन्तलाई न्याय दिन पर्ने र हत्यारालाई कडा सजाय हुन पर्ने माग गर्दै आन्दोलन गरेका छन्। निर्मलाको हत्यारालाई कारबाही गर्ने माग राख्दै विभिन्न जिल्ला हरुमा आन्दोलन भयको छ ।प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए ।