रुकुम चौरजहारी

दशैंमा तेल नपाएर लाइन लाग्नु पर्दैन आयल निगम ,,

रुकुम आठ विसकोट

असोज २२ , काठमान्डौ – आयल निगमले यो वर्ष तेलको लाइन नलाग्ने गरी डिपोहरुको व्यवस्थापन गर्ने दावी गरेको छ । प्राय दशैँ तिहारको बेला आयल निगमले डिपो बन्द गर्दा सवारी चालकलाई अफ्टेरो हुने गर्दथ्यो। ,निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले यो वर्ष काठमाडौंमा पम्पहरुमा तेलको लाइन देख्नुनपर्ने बताए । भट्टराईले दशैं नजिकिएसँगै तेलको माग ह्वात्तै बढेको बताए । उनका अनुसार अहिले काठमाडौंमा पेट्रोल मात्रै दिनको ७ लाख लिटरसम्म खपत भइरहेको छ ।

डिजेल पनि ९ लाख लिटरसम्म बिक्री वितरण गर्नुपरेको उनले बताए । हामी थानकोट डिपोलाई दशैंमा एक दिन बन्द गरे अर्को दिन खोल्छौं । बजारमा तेलको माग हुनासाथ आकस्मिक रुपमा डिपो खोल्ने प्रवन्ध मिलाउँछौं,’ उनले भने,’यो वर्ष तेलको अभाव हुने अवस्था आउन दिँदैनौं । भट्टराईका अनुसार तेलको आपूर्तिका लागि भारतीय आयल कर्पोरेशन(आईओसी)सँग पनि समन्वय गरिने छ । भट्टराईले भने यो वर्ष उपभोक्तालाईसहज रुपमा तेल उपलब्ध गराउने गरी नै योजना बनेको र त्यसैअनरुप कर्मचारीहरुको परिचालन गरिने बताए ।निमगले सप्तमीदेखि नै डिपो बन्द गरिदिएर बजारमा तेल नपठाउने गर्दा दशैंपछि पम्पहरुमा लामो लाइन देखिने समस्या वर्षै साल देखिन्छ ।