६ वर्षीय बालकको अपहरण पछि हत्या ,,

असोज २८ ,बारा – बारामा ६ वर्षीय बालकको अपहरण पछि हत्या भएको छ ।बाराको सिम्रौनगढ,३ मा स्थानीय धनेश्वर यादवका छोरा दीपकको अपहरणपछि हत्या भएको हो ।अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ माग गरेका थिए । रकम तिर्न नसके पछि बालकको हत्या गरिएको जनाईएको छ। जिल्ला प्रहरी कार्यालय, बाराले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।प्रहरीले आइतबार अपरान्ह पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी गरेको छ ।
