बालिकालाई बलात्कारपछि हत्या गर्ने अभियुक्त सार्वजानिक ,,

असोज २८ जनकपुरधाम – धनुषाको औरही गाउँपालिका वडा नं. २ स्थित १० वर्षीय मनिका बालिकालाई बलात्कारपछि हत्या गरेका दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । उनीहरुलाई आईतबार प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो। घटनामा संलग्न रहेको अभियोगमा औरही गाउँपालिका वडा नं. ३ का ३२ वर्षीय विनोद मुखिया र वडा नं. ५ का २३ वर्षीय नथुनी पण्डित कुम्हार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी गराए।

उनीहरुले मनिकालाई १० रुपैयाँ र एउटा चाउचाउको प्रलोभन दिई बलात्कारपछि हत्या गरेका थिए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषाबाट जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा ऐन अन्तर्गत अभियोग पत्र दायर गर्ने तयारी गरेको छ ।दुई अभियुक्तले बालिकालाई बलात्कार गरेर हत्या गरेको स्वीकारगरेका छन् ।प्रहरी संग दिएको बयानमा उनीहरुले भट्टीमा रक्सि खाएर मात्तिदै मेलामा गएका थिए ।

धेरै बालबालिकालाई फकाएपनि कोहि जान मानेनन् त्यसपछि अभियुक्त मुखियाले आफ्नो छिमेकी रहेको मनिका यादवलाई मेलामा अन्य बच्चाहरुसँग खेलेको देखे। र उनले त्यही योजना बुन्दै बालिका मनिकालाई चाउचाउ र १० रुपैयाँ दिएर मेला भन्दा करिब १ किलोमिटर पर लगि बलात्कार गरेको कुरा अभियुक्तले पत्रकार सम्मलेनमा स्वीकार गरेका छन् ।

बलात्कारकै क्रममा बालिका मनिका चिच्याउँदै गरेकोले मुख थुन्ने क्रममा बालिकाको मृत्यु भएको स्वीकार गरेका छन् ।यी अभियुक्त मध्ये मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाट सम्बन्धी मुद्दामा १० वर्षको जेल सजायमा ३ वर्षमा निस्केका थिए ।शुक्रबार राति ७ बजेबाट बालिका हराए पनि ९ बजेबाट घरपरिवार तथा स्थानीयले बालिकाको खोज तलास गरेपनि नभेटिएपछि शनिवार विहान ९ बजे प्रहरीमा उजूरी गरेका थिए । अभियुक्तले मृत बालिकालाई धान खेतमा माटो खनी गाडेर भागेका थिए।