Gold
Bangad salyan

ईतिहासमै पहिलोपटक मेहेलकुनामा प्रथम उपत्यका महोत्सव हुने ,,,

Salyan

असोज ३० , काठमान्डौ – सुर्खेत मेहेलकुनामा ईतिहासमै पहिलोपटक प्रथम महोत्सव हुदै छ ।, सुर्खेत गुर्भाकोट मेहेलकुनामा हुने पहिलो महोत्सव २०७५ ले औधोगिक , ब्यापार , पर्यटन विकास लाई मध्यनजर गर्दै महोत्सवको आयोजना गरेको हो। कला सास्कृति तथा साहित्यको विकास, उधोग , व्यापार ,कृषि तथा पर्यटनको निकास भन्ने मुलनाराका साथ् महोत्सव भब्य र सव्य रुपले सम्पन्न हुन लागेको होत्सवका संचालक तथा म्युजिक भिडियोका कोरियोग्राफर निर्देशक नरेश सोनीले रंग दर्पण डट कमलाई जानकारी गराउनु भयो ।

महोत्सव कार्यक्रममा ख्याती प्राप्त कलाकार र स्थानिए कलाकरको बेजोड प्रस्तुति रहेको पनि नरेश सोनीले बताउनु भयो ।कार्यक्रम कार्तिक ७ देखि १७ गते सम्म संचालन हुने छ। आयोजक श्रीजन्शील युवा क्लब गुर्भाकोट सुर्खेत र सह आयोजक जिल्ला समन्वय समिति सुर्खेत गुर्भाकोट नगरपालिकाले आयोजना गरेको महोत्सवमा नायक बिराज भट्ट ,राजु परियार , टिका पुन धनराज चुनारा ,राजु मास्टर , बल्छी धुर्बे लगायत दुई दर्जन भन्दा बढी कलाकारको जमघट हुने छ ।

कार्यक्रममा खेलकुद , स्थानीय कल्चर नाच , कृषि प्रदर्शनी लगायत अन्य फरक कार्यक्रम पनि रहने छन्। अहिले सम्म यतिको महोत्सव नभयको हुनाले यो महोत्सवले उपत्यकामा विकास र निकास निकाल्ने पनि आयोजकले जानकारी गरेको छ ।प्रथम उपत्यका महोत्सवमा सहभागी हुन वा स्टल बुकिङ्, तपाई प्रति कुनै तेस्ता रचना प्रस्तुत गर्न चाहनेले आयोजकको सम्पर्क नम्बरमा पनि कल गरेर सुरक्षित स्थान लिन सक्ने नरेश सोनीले बताउनु भयो।

नरेश सोनी : 9848093426

कृपया समाचार पढी सके पछि हामि संग जोडिन हाम्रो पेज https://www.facebook.com/rangadarpan1/?ref=settings लाईक गर्न नभुल्नु होला धन्वाद ,,