बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह ,,

असोज ३१ ,मुम्बई – बलिउड अभिनेत्रीको विवाहको बारेमा धेरै चर्चा भयो। उनको विवाह कहिले हुन्छ भन्ने पनि खुबै खुल्दुलीको विषय भयो ।अब भने यसको खुल्दुली अन्त्य भैइसकेको छ। प्रियंकाले एक अमेरिकन मुलका युवासँग खुलामखुला प्रेम गर्न थालिन् । उनको बारेमा टुईटरमा सामाजिक संजालमा फोटो देखेपछि थुप्रो कमेन्ट पनि आय ।ति युवा थिए निक जोनस, जो अमेरिकन गायक तथा अभिनेता हुन् ।

गीतकार र रेकर्डिस्ट पनि । घतलाग्दो कुरा भनिहालौं, उनको उमेर अहिले २६ बर्षको भयो । प्रियंका चोपडा ३६ बर्षकी । अर्थात आफुभन्दा १० बर्ष कान्छो युवासँग प्रियंकाको मन बस्यो । विभिन्न बलिउड इभेन्टमा एकसाथ देखिदै आएका उनीहरुले अन्ततः भव्य समारोहवीच मुम्बईमा इंगेजमेन्ट गरे । तर, विवाह कहिले गर्ने ? यसबारे टुंगो लागेको थिएन ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रियंका र निकले नोभेम्बर महिनामा लगनगाँठो कस्नेछन् । विवाहस्थल चाहि, जोधपुर । अब यस रोमान्टिक जोडीको विवाहको तिथी पनि तय भएको छ ।रिपोर्ट अनुसार प्रियंका र निकको विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा हुनेछ । यो समारोह ३० नोभेम्बरबाट सुरु भएर २ डिसेम्बरसम्म चल्नेछ । यी रोमान्टिक जोडीले आफ्नो विवाहको सम्पूर्ण वन्दोवस्ती आफै गर्ने भएका छन् । उनी चाडै फिल्म ‘द स्काई इज पिंक’मा देखिनेछन् ।