तिहारमा भारत बाट ४ लाख माला भित्रिदै ,,
कार्तिक ११ , काठमान्डौ – यो वर्ष तिहार अलि ढिला आउने भयपछि रोपेका सयपत्री फुल हरु झरेर जाने गरेका छन् ।बजारमा पाईने माला सबैले प्रयोग गर्न थालेका छन् ।गाँउ, गाँउमा रोपिने हजारी फुलमा पनि कमि आउन थालेको छ ।आफ्नै घरको आँगन, कौशी, आसपासमा दाजुभाइलाई माला लगाइदिन फूल रोप्नेहरु यतिबेला मर्कामा परेका छन् ।
बजारमा किनेको फूलभन्दा दाजुभाइका लागि आफैले रोपेको फूलको माला लगाइदिन रुचाउनेहरु अन्तत बजारको ‘रेडिमेड’ र कृत्रिम माला किन्न बाध्य बन्ने गुनासो पोख्छन् ।तिहारमा भाईटिकाको साईत हेरी प्रया असारको अन्तिमतिर फूल रोप्ने गरिन्छ ।यो वर्ष पोहर सालको तिहार भन्दा अहिलेको वर्ष १९ दिन ढिला भएकाले सयपत्री फुलेर पनि झर्न थालेको छ ।
यो संगै यो वर्ष नेपालमा भारत बाट ४ लाख माला भित्रिदै छन्। फ्लोचिकल्चर एशोसिएनसन अन्तर्गतको कट फ्लावर ग्रोवर उपसमितिकी सचिव एवं पुष्प व्यवसायी सुशीला कठायतका अनुसार पात्रो नहेरी व्यवसायिक फूल खेती नगर्ने कतिपय व्यवसायी फूल झर्न थालेपछि चिन्तित छन् । ९० प्रतिशत माला नेपालमा उपलब्ध हुन्छा १० प्रतिशत माला भारत बाट आउने गर्दछ ।तिहारको मालाका लागि सयपत्री र मखमली धेरैको रोजाइमा पर्छ ।
यी दुईबाहेक गोदावरी फूलको पनि माला उन्ने गरिन्छ । मुलुकको कुल खपतलाई हेर्ने हो भने यसवर्ष मालाको खपत पनि केही बढ्ने व्यवसायी बताउँछन् । यसवर्ष अघिल्लो वर्ष २ लाख बढी माला खपत हुने एशोसिएसनका बरिष्ठ उपाध्यक्ष तामाङ बताउँछन् । अघिल्लो वर्ष १५ लाख माला खपत भएको थियो ।सामान्यत एउटा माला उत्पादन गर्न २५ लाग्ने व्यवसायीको दाबी छ । यस हिसाबले होलसेलमा ४० देखि ५० रुपैयाँ पर्न जाने गर्दछ तर अघिल्लो वर्षको बजार हेर्ने हो भने एउटै मालाको १५० देखि २५० रुपैयाँसम्म लिने गरेका छन् ।