suekhet
bheriad

प्रधानमन्त्री ओली अस्पताल भर्ना ,,

lekabesi

कार्तिक १२ , काठमान्डौ – प्रधानमन्त्री ओली अस्पताल भर्ना भयका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पुर्याएको बताए । उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन ।

प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ । डा. सायमीले भने, ‘प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको हो । उहाँको स्वास्थ्य अहिले सामान्य छ । ओली केहि दिन चिकित्सकको निगरानीमा रहने छन्।