सर्लाहीमा गोलि चल्यो एक जनाको मृतु ,,

कार्तिक १३ काठमाडौं – सर्लाहीको रामनगर–४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।सोमबार भएको सामान्य विवादलाई लिएर मंगलबार बिहान झडप भएको थियो ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले रंग दर्पण डट कमलाई दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरूको अवस्था सामान्य रहेको पालले बताए । झडपमा थुप्रै घाईते भयको जानकारी छ ।