प्रधानमन्त्री भेटघाटमा अस्पतालले लगायो रोक ,,
कार्तिक १३ , काठमाडौं- छातीमा संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पतालले प्रतिबन्ध लगाएको छ ।अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न तथा उहाँको स्वास्थ्य लाभको कामना गर्न चाहने शुभचिन्तकहरुको आकांक्षलाई अस्पतालले आत्मासात गरेपनि अस्पतालको पहिलो दायित्व प्रधानमन्त्रीको स्वास्थ्यलाभ गराउनुभएकाले चिकित्सकको सुझाव अनुसारनै भेटघाटलाई प्रतिबन्ध गरिएको उल्लेख छ ।
प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान साढे चारबजे महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको डाक्टर अरुण सायमीको नेतृत्वमा उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकले सुगरको मात्रा बढेपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् । डा. को सल्हा अनुसार अब प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर छ। उनले केहि दिन रेस्ट गर्न पर्ने अस्पतालको जानकारी छ ।
साथै अस्पतालबाटै प्रधानमन्त्री ओलीले आफ्नो विषयामा केहि तेस्ता फेक समाचार लेखेको प्रति आपति जनायका छन् ।आफु अब ठिक भयको र छिट्टै सम्रिद्दी नेपालको कल्पनामा काम गर्ने ओलीको भनाई रहयो ।,विभिन्न राजनीतिकदल लगायत सुभ चिन्तक हरु ओलीलाई भेट्न जानेको घुईचो बढे पछि अस्पतालले भेट घाटमा प्रतिबन्ध लगायको हो।