गायक मात्र नभई शब्द संगीतमा पनि माग बढ्यो धनराज चुनारा ,

कार्तिक १३ , काठमान्डौ – सबैले मन पराउने अनि सबैको मन मुटुमा बस्न सफल गायक धनराज चुनाराको फेरी अर्को झ्याउरे गीत कुरा बुझ मनको बोलको म्युजिक भिडियो बजारमा आयको छ।गीत चुनाराले आफ्नै शब्द / संगीतमा निर्माण गरेका हुन्। चुनारालाई चर्चित गायिका टिका पुनले गीतमा स्वर दियकि छिन।

आज सम्म गायकको रुपमा मात्र दर्शकले चिने पनि केहि समय अगाडी बाट उनले गीतमा शब्द ,संगीत गर्ने गरेको बताउछन । तर आज भोलि लोक दोहोरि क्षेत्रमा चुनाराको बिल्कुलै फरक संयोजन पाईन्छ ।उनि प्राय आफ्ना क्षेत्रका गाँउ, पाखालाई समेटेर गीत संगीत गराउछन ।उनको हिजो मात्र रिलिज भयको म्युजिक भिडियो कुरा बुझ मनको मा आफ्नै शब्द संगीत गरे लगतै उनको ह्वात्त माग बढेको देखिन्छ ।

चुनाराको शब्द संगीत रहेको गीत पितल रोजेउ सुनलाई चिनिनौनि सानु तत्काल भिडियो हुने तयारिमा छ । उनि कार्यकर्मको शिलशिलामा सुर्खेत गुर्भाकोट नगरपालिका महोत्सवमा गयका छन् ।उनको भोलि नायक बिराज भट्ट संग प्रस्तुति छ । गुर्भाकोट उपत्यका महोत्सव कार्तिक ७ गते देखि शुरु भई १७ गते सम्म संचालनमा रहने छ।