suekhet
bheriad

मेरो माया कतारमा जहिले पनि हतारमा ,,

lekabesi

कार्तिक १६ , काठमान्डौ – चलचित्र ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ । पुर्‍नेन्दू झाको निर्देशनमा तयार भएको यो चलचित्रमा कथा र संगीत शम्भुजित बास्कोटाको छ । गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द छ । चलचित्रको यो गीतमा नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना केमेष्ट्री देख्न सकिन्छ ।

साथमा, मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयब शाहको साथमा मोडल सोनिका केसीको कामुक नृत्य भिडियोमा देखाइएको छ ।चलचित्रमा दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन छ । यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ । चलचित्रमा सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले निर्माण गरेका हुन् । चलचित्र पौष २७ गते बाट हलमा प्रदर्शन हुने छ ।