प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सामान्य आज डिस्चार्ज हुन सक्ने ,,

कार्तिक १६ ,काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै बिहान गरिएका परीक्षणका रिपोर्टहरु सामान्य रहेको जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. श्रेष्ठकाे भनाइ छ ।छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत सोमबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत छन् ।

उनको डिस्चार्जबारे भने अस्पतालले केही नबतायपनी प्रधानमन्त्री ओलीको सचिवालयले भने उनको आजै साँझ डिस्चार्जकाे सम्भावना रहेकाे जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘दिउँसो २ बजे डिस्चार्जबारे सार्वजनिक गर्ने तयारी छ । सम्भवतः आजै साँझ डिस्चार्ज हुनसक्छ ।

lekbesi