यौन उत्पीडनको आरोपपछि अनु मल्लिक इन्डियन आइडलबाट हटाईए,
कार्तिक १६ ,काठमाण्डौ – भारतीय टेलिभिजनमा प्रशारण हुने गायन रियालिटी ‘इन्डियन आइडल’ १० औं संस्करणसम्म आइपुग्दा संगीतकार अनु मल्लिक यसका अभिन्न हिस्सामा थिय । तर, अब कार्यक्रममा उनी देखिने छैनन् ।यौन उत्पीडनको गम्भीर आरोप लागेका कारण च्यानलले उनलाई निर्णायकबाट हटाउने निर्णय लिएको थियो ।
पहिलो संस्करणदेखि नै मल्लिक निर्णायकका रुपमा देखिन थालेका हुन् । अरु निर्णायक परिवर्तन हुँदै आए पनि च्यानलले उनलाई भने निरन्तर राखेको थियो ।मल्लिकमाथि थुपै युवतीहरुले यौन उत्पीडनको आरोप लगाएका छन् । सबैभन्दा पहिले गायिका सोना महापात्राले मल्लिकलाई ‘सिरियल प्रिडेटर’ (सिलसिलेवार अपराधी) संज्ञा दिएकी थिइन् । तर, मल्लिकले भने उनलाई आफूले नचिनेको र सँगै काम पनि नगरेको दावी गरेका छन् ।
अर्की गायिका श्वेता पण्डितले आफू १५ वर्षकी हुँदा मल्लिकले आफूलाई रेकर्डिङ स्टुडियोभित्रै हातपात गरेको आरोप लगाएकी छन् । मल्लिकले यसलाई पनि खन्डन गरेका छन् । यसका अलावा दुई अन्य महिलाहरुले पनि मल्लिकलाई मिटुमा तानेका छन् ।विवादित बनेपछि च्यानलले मल्लिकलाई राजीनामा गर्न दावाव दिएको थियो । मल्लिकलाई अबदेखि इन्डियन आइडलमा समावेश नगरिने भएको छ । यो उनको लागि ठूलो धक्का हो ।