suekhet
bheriad

बुद्द लामाको रातो टिका टल्क्यो टल,टल ,,

lekabesi

कार्तिक १७ , काठमान्डौ – तिहारको पूर्व सन्ध्यामा दशैंको झझल्को ल्याउने गीत रातो टिका निधारमा टल्क्यो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतले मायाप्रेमको कुरा जोडेको छ ।गीतमा बुद्द लामा र मेलिनाको स्वर छ , बुद्ध लामा नेपाल आइडल सिजन-१ का विजेता हुन्।

प्रभा आचार्यले लेखेको गीतलाई वसन्त सापकोटाले संगीत दिएका हुन् । रोमान्टिक शैलीको गीतमा भिमफेदी गाइजलाई फिचरिङ गराइएको छ । यो गीतको म्युजिक भिडियो टेलिशृंखला ‘भद्रगोल’का पात्र काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका हुन् । निर्मला लामा यसका कोरियोग्राफर हुन् भने सुदीप बरालले भिडियो खिचेका छन् ।