रमेश दुलाल कागेको भोलि काग सम्मेलन हुने ,,

कार्तिक १८ ,काठमान्डौ – रमेश दुलालले भोलि काग सममेलन गर्ने भएक छन्। कागे नाम बाट चर्चित दुलाल भोलि बिहान ६ : ३० बजे रत्नपार्क शान्तिवाटिकामा काग सम्मेलन गर्ने भएका हुन्। रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा हुन लागेको १५ औ काग सम्मेलनमा काग सम्मेलन हुन लागेका हो ।काग सम्मेलन मुख्य प्रायोजक काठमाण्डौ महानगरपालिका र सह प्रायोजक सेन्टर होटल प्लाजा कोहलपुर   ग्रीनसिटि हस्पिटलले गरेको छ ।

दुलाले कागको आवाज निकालेर सबैलाई मनोरंजन मात्र नभई काग बोलाएर रत्नपार्क घेर्ने छन्। दुलालको नाम संसार भर कागे भनेर चर्चित छ ।उनले नाक बाट मादल , गितार बजाउने ,विभिन्न चरा चुरुंगीको आवाज देखि २ सय भन्दा बढी जनावरको आवाज निकाल्ने गर्दछन ।

 

करिब २ घण्टासम्मको मनोरंजनको लागि प्रायोजकले सबैलाई निमन्त्रणा गरेको छ। नेपाली हरुको महान चाड दिपावलीको अवसरमा भोलि काग तिहार पर्ने गरेको छ ।जन्मदेखिनै चरा चुरुंगीको आवाज निकालेर सबैलाई चकित पार्ने रमेश दुलाल कागे आज संसारभरमा चर्चित छन्, र काग संग मित लगायका छन् ।

रंग दर्पण सम्वाददाता ,,