गोदामघर बाट ५ उद्योगी जुवा खेल्दै गर्दा २ लाख सहित पक्राउ ,
कार्तिक २५ मोरङ – विराटनगरका उद्योगी चम्पालाल राठीको गोदाम घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जना उद्योगी व्यावसायीलाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका ,१ स्थित गंगा चोकबाट प्रहरीले आइतवार विहान २ बजे उद्योगी राठीसहित ५ जनालाई १ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर,५ का जीवन रिजाल, विराटनगर ,३ का मुकेशकुमार अग्रवाल, विराटनगर–, ७ का विमल अग्रवाल र हंशराज जैन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।पक्राउ परेका सबै विराटनगरका उद्योगी व्यावसायी हुन् । विहानी २ बजे प्रहरी पुगेपछि केही उद्योगी व्यवसायी भने जुवा खालबाट भागेका थिए ।
उनीहरुलाई विशेष सुराकीको आधारमा विराटनगर,२ का स्थायी बासिन्दा राठीको चामल उद्योगको गोदाम घरमा पुगेको प्रहरीले १ लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुक तास पनि बरामद गरेको श्रेष्ठले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई जुवा ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको श्रेष्ठले जानकारी दिए ।