‘दाल भात तरकारीमा आँचलको इन्ट्री ,,

कार्तिक २५ – नायिका स्वस्तिमा खड्काले चलचित्र ‘दाल भात तरकारी’ छाडेकी छिन् । नायिका खड्का सबै भन्दा पहिले यो चलचित्रमा इन्ट्री भएकी थिइन् । तर, अब स्वस्तिमाले समय अभावको कारण देखाउँदै यो चलचित्र छाडेकी हुन् ।स्वस्तिमाले यो चलचित्र छाडेसँगै अब यो चलचित्रमा नायिका आँचल शर्माको इन्ट्री भएको छ ।

सुदन केसीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई मह संचार र किरण केसीले निर्माण गर्दैछन् । चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य र निरुता सिंहको मुख्य भूमिका छ । साथमा चलचित्रमा पुष्पल खड्का, बर्षा राउत, प्रियंका कार्कीको पनि मुख्य भूमिका रहनेछ । मंसिर १ गतेबाट यो चलचित्रको छायांकन सुरु हुँदैछ ।