suekhet
bheriad

सुरविना मुम्बइ बोल्ड तस्विरमा ,

lekabesi

कार्तिक २५ – नायिका सुरविना कार्की अहिले मुम्बइमा संघर्षरत छिन् । मुम्बई शहरको रमझममा उनले करिअरलाई शुन्यबाट अगाडि बढाउँदैछिन् । बलिउडमा प्रवेश गर्न त्यती सहज छैन । सुरविना सोही बलिउडको ढोका खोल्नका लागि काम गरिरहेकी छिन् । केही नेपाली चलचित्रमा अभिनय गरेकी सुरविना मुम्बईमा निकै कसरत गरिरहेकी छिन।

सुरविनाले मुम्बइमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् । साथमा, सोनी टेलिभिजनबाट प्रशारण भएको ‘दिल हि तो हे’मा समेत उनले काम गरिन् । सुरविनाले १० दिनको छायांकन सकेको जानकारी दिइन् । साथै, उनी ‘जेली विन्स एजेन्सी’सँग आवद्ध भएर काम गरिरहेकी छिन् ।

सुरविनाले केही समय अगाडि मुम्बइमा पुगेर अनुपम खेरसँग ३ महिनाको अभिनय कोर्ष समेत लिएकी थिइन् । त्यसपछि नेपाल आएकी उनी फेरि मुम्बइ नै हानिएकी हुन् । सुरविना भन्छिन्–,बलिउडमा काम पाउन त्यती सहज छैन । तर, म संघर्ष गरिरहेकी छु । आशा छ, म सफल हुनेछु ।’ उनले नेपाली चलचित्रमा पनि आफूले काम गर्ने उल्लेख गरिन् ।आफू अहिले अडिसन, सिरियल र विज्ञापनमा नै व्यस्त रहेको उनले जानकारी दिएकी छिन् ।