कस्तो टिप्न नसकेको फुल ,,

खै कस्तो फुल फ़ुल्यौ तिमि न टिप्न सकिने न मुटुमा सजाउन सकिने
खै कस्तो माया दियौ तिम्ले न छोड्न सकिने न तोड्न सकिने २

यहि चन्द्र यहि गगन अव केवल सम्झना भयो खै सम्झने तर कोहि छैनन ।
खै कस्तो चोटिलो घाउ लाग्यो जँहा गयनि उपचार गर्न नसकिने २

ठगिय त्यो दैवबाट शत्रु लागे बाटो भरि ,कस्तो माया दियौ सम्झना आउने घरि घरि ।
भो अब मेरो जिन्दगि अल्पविराम लगाउछु, जिबन भर कुर्न नसकिने ।

खै कस्तो फुल फ़ुल्यौ तिमि न टिप्न सकिने न मुटुमा सजाउन सकिने  २

 

ओम विकल ,,

तपाई संग पनि यस्तै गजल ,चुटकिला छन् भने हाम्रो ठेगानामा पठाउन नभुल्नु होला हामि समाचार बनाउने छौ ।हाम्रो पेज लाईक गर्न नभुल्नु होला ।

rangadarpan1@gmail.com