सेयर बजारमा गिरावट कारोबारमा १० करोड पनि पुग्न सकेन ,

कार्तिक २५, काठमाडौं – यस वर्षको तिहार पछि सेयर बजारमा भारि गिरावट आयको छ । अनलाइन कारोबार शुरु भए पछिको दोस्रो कारोबार आइतबार नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावट आएको हो । यस अघि नेपालमै पहिलो पटक भित्राइएको पूर्ण अनलाइन सेयर कारोबार प्रणाली शुरु भएको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या आएको थियो । तिहार बिदा हुनुपूर्व नेप्सेको साइटमा समस्या आएका कारण सेयर बजारका लगानीकर्ताहरु समस्यामा परेका थिए ।

अनलाइन सेयर कारोबार प्रणाली शुरुवात पश्चात सेयर बजार सकरात्मक दिशामा जाने अपेक्षा गरिए पनि ठीक त्यसको विपरित आइतबारको कारोबारमा देखिएको छ । आइतबारको कारोबार रकम पनि निकै कम देखिएको छ । दिनभरमा भएको १ हजार ४ सय ६५ कारोबारबाट ३ लाख १४ हजार २ सय ९७ विभिन्न कम्पनीका सेयरहरु किनबेच भएका छन् । तर कारोबार रकम भने १० करोड पनि पुग्न सकेको छैन । जम्मा कारोबार रकम ९ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँको मात्रै कारोबार भएको छ ।