हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले मनाय आफ्नो ६१ औ जन्मदिन ,,
कार्तिक २७ , काठमान्डौ – हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो जन्मदिन मनाएका छन् । उनले आज आफ्नो ६१ औ जन्मदिन मनायका हुन् । उनको जन्मदिनको अवसर पारेर काठमाण्डौको रेडियो अडियोमा केक काटेर सेलिव्रेशन समेत गरिएको थियो । उनले बिहानै गयर गणेशको मन्दिरमा पुजा पनि गरेका छन्।
केक काट्ने कार्यक्रममा बोल्दै आचार्यले आफ्नो दिवंगत पत्नी मिरा आचार्यलाई संझिए । मेरो जीवनलाई यो स्थानमा ल्याउनका लागि मिराको योगदान अमुल्य छ । उनी मेरा लागि भगवान् भैसकेकी छिन् ।
हरिवंशले जन्मदिनमा चलचित्र क्षेत्र, पत्रकार, साथीभाई, परिवार सबैलाई संझिएर आर्शिवाद लिएको समेत सुनाए । नेपाली चलचित्र निर्माणमा समेत लागेका हरिवंशले यूवापुस्ताका कलाकारको उर्जा आफूमा सरोस् भन्ने कामना समेत गरेका थिए । कलाकार मदनकृष्ण श्रेष्ठ , दिपकराज गिरी, सिताराम कट्टेल, जितु नेपाल, किरण केसी, कुञ्जना घिमिरे लगायतले शुभकामना दिएका छन् ।