इमो र भाइबरबाट ठगी गर्ने पाँच भारतीय पक्राउ अहिले सम्म २७ लाख ठगेको प्रहरीसामु खुलासा ,,

Naumule

कार्तिक २८ ,विराटनगर – यसै त यो ठगि गर्ने धन्दा नेपालमा पनि चलेको छ केहि दिन बन्द भयपनी यो धन्दा पुन: सुरु भयको देखिन्छ ।चिट्ठा पर्यो भन्दै भाइबर र इमोमार्फत् नेपालीमाथि ठगी गर्ने पाँच भारतीय नागरिक बुधबार विराटनगरबाट पक्राउ परेका छन्।पक्राउ परेका पाँचै जना लामो समयदेखि नेपालमै बसेर भाइबर र इमोमार्फत् चिट्ठा परेको छ भन्दै नेपालीलाई झुक्याएर ठगी गर्ने धन्दामा संलग्न रहेको खुलेको छ।

विशेष सूचनाका आधारमा विराटनगरको रानीस्थित होटेल हायातबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको फारवीसगन्जका मनोजकुमार ठाकुर, चन्दन कुमार, अमित कुमार, रविन कुमार र भारत जोगवनीका पंकज कुमार रहेका छन्। प्रहरीले उनीहरुका साथबाट ५० हजार नेपाली र ३० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।पक्राउ परेको समूहले चिट्ठा परेको बहाना बनाएर नेपाली नागरिकसँग २७ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

‘तपाईलाई चिट्ठा परेको छ भन्दै भाइबर र इमोमार्फत् नेपालीलाई झुक्याउने गरेको पाइयो,’ एक प्रहरीले भने, ‘चिट्ठामा परेको रकम पाउनका लागि केही राजश्व बुझाउनु पर्ने भन्दै राजश्व बापत नेपाल नागरिकसँग मागेको रकम लिएर उनीहरु सम्पर्क बिहीन बन्ने गरेको खुलेको छ।

Gurvakot

आफू ठगिएको भन्दै विराटनगरको हाटखोलाका केही व्यक्तिले सूचना दिएपछि प्रहरीले ठगी गर्ने गिरोहको खोजी तिव्र पारेको थियो। खोजी गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रको होटेलमा बसेर धन्दा चलाउने गरेको पाइएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।भाइबर र इमोमार्फत् ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको छ,’ उनले भने, ‘उनीहरुबाट कति नेपाली ठगिए र कति रकम ठगी गरिएको छ भन्ने कुराको अनुसन्धान थालिएको छ।प्रहरीले भाइबर र इमोमार्फत् चिट्ठा परेको गलत प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सजग हुन सबैमा आग्रह पनि गरेको छ।

Bangad kupinde