भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला सुरु ,,

कार्तिक २८ , काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा ‘हस्तकला व्यापार मेला’ सुरु भएको छ । १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको हो । मेला ५ दिन सम्म चल्ने छ मेलामा करिब एक सय ७० वटा स्टल रहेका छन्। मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको करिव २० वटा स्टल पनि रहेको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए ।


मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् उनले उद्घाटनमा हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गरेका छन् ।कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विश्वमा नेपालको परिचय दिलाउन सफल हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताइन् । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पनि हस्तकला क्षेत्रले उल्लेख्य योगदान दिएको उनको भनाई थियो ।

काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मेलामा मुख्य आकर्षणमा रुपमा राखिएका छन् ।मेलामा करिव १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ ।

नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरव बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तराष्ट्रिय बजारमा पनि निर्यात् हुने गरेको बताइएको छ । मेलामा उत्कृष्ट हुने स्टकलाई ५० हजार नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ ।