सुनिल सेट्टीका छोरा बलिउडमा भित्रदै ,,
कार्तिक २९ , मुम्बई – बलिउडका चर्चित नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीले बलिउडमा पाइला राख्ने भएका छन् । उनले साजिद नाडियाडवालाको प्रोडक्शनबाट बन्न लागेको एक चलचित्रबाट अहान बलिउडमा भित्रन लागेका हुन् । उनले काम गर्न लागेको हिन्दी चलचित्र, ‘आर एक्स १००’ नामक तेलुगु चलचित्रको रिमेक हो ।
यो चलचित्रलाई ‘द डर्टी पिक्चर्स’का निर्देशक मिलन लुथ्रियाले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । चलचित्रलाई सन् २०१९ को मे महिनामा रिलिज गर्ने योजना यसका निर्माताको छ । सुनिलकी छोरी आथिया सेट्टीपनि बलिउडमा छिन। अब सुनीलका छोरा पनि बलिउडमा प्रवेश गर्ने भयका हुन् ।