Gold

रुकुममा पिङ भाँचिदा चारजना घाइते, दुईको अवस्था गम्भीर ,,

Naumule Migrate

कार्तिक २९ ,रुकुम – रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा चारजना घाइते भएका छन् । घाइते हुनेमा आठविसकोट नगरपालिका ४,गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका ११ गोइरीकी १४ वर्षीया दीपा सिंह र नलगाड नगरपालिका ८ हलचौरका ९ वर्षीय लोकेन्द्र खत्री रहेका छन्।

घाइतेमध्ये कालिबहादुर र लोकेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूको अहिले नगर अस्पताल आठविसकोट नगरपालिका ९ राडीमा उपचार भइरहेको छ। गम्भीर घाइते भयका कालिबहादुर विकले नै उक्त पिङ सञ्चालन गरेका थिए। घाइते हुनेमा पिङबाट खस्ने र पिङको तल बसेका स्थानीयहरू पनि परेका छन् ।पिङ् फलामको भयपनी किन र कसरि भाँचियो भन्ने एकिन विवरण भने आउन सकेको छैन ।

 

Naumule Badhipahiro