प्रधनमन्त्री ओलीले बनाए ‘साली’लाई राजदूत ,,
कार्तिक २९ काठमाडौं – प्रधानमन्त्री ओलीको सिफारिसमा नाताले साली लागने अञ्जान शाक्य इजरायलका लागि नेपाली राजदुतमा सिफारिस भएकि छिन । अञ्जान शाक्य ओलीको आफ्नै शालि भने होईनन ।साली ओलीको बोलाउने साइनो हो।
सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरेका थिए । जसमध्ये एक थियो, निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा डा. अञ्जान शाक्यलाई सिफारिस गर्ने ।
यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा बोलको गीत गाउने गायिका हुन् शाक्य। प्रदेश ३ मा काठमाडौं क्षेत्र नम्बर ९ बाट (तत्कालीन एमालेबाट निर्वाचित) नेकपाका सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् । तर, त्यही कारण उनी इजरायलका लागि राजदूत सिफारिस भएकी भने होइनन् ।शाक्य संखुवासभाकी हुन् ।
प्रधानमन्त्री ओलीसँगै अञ्जान शाक्य ,
ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् । नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो ।
तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५२ करीब एक दशक प्राध्यापन गरेकी थिइन् । साथै अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेकी काम गरेको अनुभव छ ।शाक्य नेकपाको संगठनमा भने क्रियाशील छैनन् ।