surkhet

नियमित दूध पिउनुहोस् यस्ता छन् फाईदा ,,

surkhet

कार्तिक २९ काठमाडौं – हामीकहाँ बिहानपख उठ्ने वित्तिकै चिया पिउने प्रचलन छ। कसैले कालो चिया पिउने गर्छन् भने कसैले दूध राखेको चिया पिउने गर्छन्। तर बिहानपख उठ्ने वित्तिकै चिया पिउनुभन्दा पहिले मन तातो पिउनु स्वास्थ्यका लागि फाइदा मानिन्छ।कसै कसैले बिहानपख खाजाका रुपमा बिस्कुट, रोटी या अरु कुनै परिकार खाने गर्छन्। तर खालीपेटमा बिस्कुट तथा मैदाका परिकार खानु राम्रो मानिदैन।

खाजाका रुपमा खाइने परिकारमा प्रशस्त मात्रामा भिटामिन,प्रोटिन, मिनरल्स र क्याल्सिय हुनुपर्छ। यस्ता परिकारबाट शरीरमा शक्ति प्राप्त हुन्छ। अब कुरा आयो, यि सबै तत्व भएको खान्की के हो त। त्यसका लागि हामीले धेरै सोच्नु पर्दैन। त्यो हो दूध।

दूधमा प्रशस्त मात्रामा प्रोटिन, म्याग्नेसियम, पोटासियम,सोडियम, भिटामिन,कार्बोहाइड्रेटलगायतका तत्वहरु रहेका हुन्छन्।जुन स्वास्थ्यका लागि नभइ नहुने तत्वहरु हुन्। दूधले हड्डी बलियो बनाउनुको साथै ब्लडमा सुगरको मात्रा नियन्त्रण गर्छ। यसले ब्लड प्रेसर पनि ठीक मात्रामा राख्ने काम गर्छ।

Dailekh

दूधमा भिटामिन डी प्रशस्त मात्रामा रहेको हुन्छ।भिटामिन डीले क्यान्सरविरुद्ध लड्ने क्षमता वृद्धि गर्छ।नियमित दूध पिउँदा डिप्रेसनको समस्या बढ्दैन। बढ्दो उमेरका बालबालिकाका लागि दूधको निकै आवश्यक पर्छ।बालबालिकालाई नियमित दूध पिलाउँदा छिटो शारीरिक तथा मानसिक विकास हुन्छ।

विज्ञका अनुसार एक कप दूधमा ८ ग्राम प्रोटिन रहेको हुन्छ। अनुसन्धानकर्ताका अनुसार खाजामा फेरबदल गर्न सके प्रकार दुई मधुमेहको नियन्त्रण गर्न सकिन्छ। दूधले रगतमा ग्लुकोजको मात्रा बढ्नबाट रोक्छ। जसले गर्दा सुगरको मात्रा पनि नियन्त्रण हुन्छ। अहिले संसारभरि करिब ४२ करोडभन्दा बढी मधुमेहका बिरामी रहेको तथ्य छ।

सुगरका लक्षण

– धेरै तिर्खा लाने ,

– छाला चिलाने ,

– छिटो भोग लाग्ने,

– पटक पटक पिसाब लाग्ने

– धमिलो देख्ने

– टाउको दुख्‍ने

सुगर नियन्त्रण नभएमा के हुन्छ ?

– अाँखाको रेटिना र मुटुमा असर पुग्छ

Gorkha

– पक्षघात हुने संभावना रहन्छ

– मिर्गौला खराब हुन्छ

– शरीरुमा भएको घाउ निको हुँदैन

कसरी नियन्त्रण गर्ने

– नियमित स्वास्थ्‍य जाँच गर्ने

– शारीरिक व्यायाम गर्ने

– समयमा खाना खाने

– चिन्ता नलिने

सुगर चाहिनेभन्दा कम भएमा के हुन्छ ?

– शरीरमा पसिना आउँछ

– छिटो भोक लाग्छ

– हात र जीउ काँम्न थाल्छ

– ढुकढुकी बढ्छ

– बेहोस हुने संभावना बढ्छ।

श्रोत- एजेन्सी

salyan