शासन त म हरेक ठाउँमा गर्छु स्वेता खड्का ,,

कार्तिक २९ , काठमान्डौ – स्वेताले सामाजिक संजाल फेसबुकमा राखेको एउटा स्टाटसले भने धेरै कुरा बोलेको देखिन्छ । उनले लेखेकी छिन्,‘शासन त म हरेक ठाउँमा गर्छु । मन पराउने मान्छेको मुटुमा, नपराउने मान्छेको दिमागमा ।’स्वेताको यो स्टाटसलाई विभिन्न कोणबाट पनि विश्लेषण गर्न सकिन्छ । स्वेता खड्काले कसको मुटुमा र कसको दिमागमा शासन गरिरहेकी होलिन्, यो भने वुझ्न कठिन छ ।
स्वेता सबैले मन पराउने नायिकामा पर्छिन। उनले निर्माण गरेको कान्छी चलचित्रले निकै चर्चा पायो ।अब स्वेता तत्काल फ्लिम गराउन भने नसक्ने अवस्थामा छिन । किनकि उनि अहिले एकिकृत माझि बस्ति निर्माणमा छिन ।

बस्ति निर्माण गर्दा उनलाई निकै घाटामा परेको पनि समाचार आयको हो ।उनले सरकार बाट ऋण लगेर भयपनी माझि बस्ति निर्माण पुरा गर्ने प्रतिवादत्ता जाहेर गरेकी छिन ।स्वेता खड्का प्राय सामाजिक संजाल दैनिक रुपमा केही न केही कुरा लेखि रहेकी हुन्छिन ।