Gold

शंकास्पद भनिएका ४ जनाको पनि डीएनए मिलेन निर्मला हत्या प्रकरण ,

Naumule Migrate

कार्तिक ३० काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो ।

प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझाले शंकास्पद ४ जनाको डीएनए म्याच नभएको पुष्टि गरेक छन् ।

यो भन्दा पहिले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट (हाल बर्खास्त), उनका छोरा किरण, भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

यो पनि पढ्नुहोस ,

धर्नामा बसेका निर्मलाका आमा बुवा बिरामी परेका छन्। लामो समयदेखि आफ्नो छोरीको हत्यारा पत्ता लग्न नसके पछि हत्यारालाई पत्ता लगाई कारबाही गर्न माग गर्दै निर्मलाका आमा बुवा धर्नामा बसेका हुन्। उनि हरु काठमान्डौ आयरा प्रधानमन्त्री लगायत रास्ट्रपति प्रहरी प्रमुखलाई पनि निर्मलाको हत्यारालाई कारबाही गर्न माग गरि ज्ञापन पत्र बुझायाका थिय। निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ महिना वितिसकेको छ ।सरकारले अझैपनि निर्मलाको हत्य्रा पत्ता लगाउन सकेको छैन ।

Naumule Badhipahiro