‘साँइली ’को फस्टलुक रिलिज ,

कार्तिक ३०,काठमान्डौ – चैत्रको १५ गतेबाट रिलिज हुने चलचित्र साँइली’को फस्टलुक रिलिज भएको छ । ‘साँइली’ रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार गरिएको छ । ‘सुन साँइली’ बोलको गीत हिट भएपछि त्यसैको नाम सापटी लिएर यो चलचित्र तयार पारिएको हो ।चलचित्रको फस्टलुकमा नायिका मेनुका प्रधानलाई मात्र देखाइएको छ ।

चलचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर बनाएका हुन् । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको लगानी छ ।चलचित्रमा कालिप्रसाद बाँस्कोटा, सुशान्त गौतम संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।