दिलिप ओखेडाले कोरियोग्राफर गरेको चलचित्र सय कडा १० दाईलाई कुरा लाईदिनि रिलिज ,,
कार्तिक ३० , काठमान्डौ – चलचित्र ‘सय कडा १०’मा समावेश ‘दाइलाई कुरा लाइदिनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोलाई दिलिप ओखेडाले कोरियोग्राफर गरेका हुन् । गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर,छ ।रामशरण पाठकको शब्दलाई कल्याण सिंहले संगीत गरेका छन् ।
रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्र ‘सय कडा १० माघ १८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । भ्रष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको मुख्य भूमिकामा मनोज गजुरेल र राजाराम पौडेल छन् ।
यो गीतको भिडियोमा कलाकारहरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललाई देख्न सकिन्छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलार्ई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा चलचित्रका सह,निर्माता हुन् ।